प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धि (Partnership for Prosperity)को कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बुधवार सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन् ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उद्यमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यमी व्यवसायलाई पून: सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?