ललितपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महांकाल गाउँपालिका-४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका-८ घर भएका २१ वर्षीय राजकुमार ठाकुर रहेका छन् । उनलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधवार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया