काठमाडौं । बीमा समितिले बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएको छ ।
समितिका नव नियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले कार्यभार सम्हालेको एक हप्तामै बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएका हुन् ।
समितिले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै बीमालेख धितो राखी ऋण दिने व्यवस्था रोक्न भनेको छ ।
यो व्यवस्था लागु भएपछि अब बीमा धितो राखेर ऋण लिन नपाइने समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया