काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यायललाई विभिन्न शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
बैंकले फागुन ४ गते मंगलवार सिन्धुली जिल्लाको भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको हो ।
भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा माननीयद्धय शशि श्रेष्ठ र लिलामणी पोखरेलको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रभु बैंकद्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया