सूर्या लाइफको ‘सूर्या चौरासी पूजा’ बीमा योजना : यस्ता छन् व्यवस्था

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले‘सूर्या चौरासी पूजा’बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ‘दीर्घ जीवन,समृद्ध भविष्य’भन्ने मुल सन्देशका साथ यो योजना सार्वजनिक गरेको हो । यो बीमा योजना अनुसार बीमितको उमेर ८४ वर्ष पुग्दासम्म रक्षा वरण प्रदान गर्नुका साथै बीमांकको २५० प्रतिशत सम्म बीमा कभर प्रदान गर्छ ।

यस योजना अन्र्तगत बीमितले बीमा शुल्क भुक्तानी अवधी पश्चात एकमुष्ट आर्जित बोनस प्राप्त गर्नुका साथै निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।

त्यस्तै बीमितको उमेर ८३ वर्ष पूरा भइ ८४ वर्षमा प्रवेश गर्दा बीमितलाई बीमांकको १५० प्रतिशत रकम बीमा बापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ । सो रकमले निजले आफ्नो चौरासी पूजालाई उत्सवका रुपमा मनाउन सक्ने कम्पनीले जनाएको छ ।

‘सूर्या चौरासी पूजा’योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले १० देखि ५० वर्षसम्मको बीमा शुल्क भुक्तानी अवधीका लागि खरिद गर्न सकिनेछ । यस बीमा योजनामा न्युनतम १ लाख रुपैँयादेखि बीमा गर्न सकिन्छ । यो बीमा योजना एकल बीमा भुक्तानी तरिकामा समेत उपलब्ध छ । यो बीमा योजना सुरु भएको दुई वर्षपछि बीमा अवधीभर बीमा समर्पण र बीमा लेख धितो राखी कर्जा समेत लिन सकिने व्यवस्था छ ।

कम्पनीले शताब्दी पुरुष सत्यमोहन जोशी,ब्राण्ड एम्बेस्डर गायिका ईन्दिरा जोशी,कम्पनीका संस्थापक शेयरधनी विवेक झा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का तथा कम्पनीका अध्यक्ष केशबप्रसाद भट्टराईले संयुक्त रुपमा यस बीमा योजनाको आरम्भ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?