काठमाडौं । सनराइज बैंकले सनराइज बैंकले मनकामनाको टिकट किन्दा क्यास ब्याक दिने अफर ल्याएको छ । बैंकले स्मार्ट योजना प्रयोग गरी मनकामना केबलकारको टिकट किन्दा क्यास ब्याक दिने भएको हो ।
यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डिजिटल प्लाटफर्म सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा हरेक टिकटमा १०० रुपैयाँ क्यास ब्याक दिने भएको छ । यो योजना फागुन ७ देखि चैत मसान्तसम्म रहने बैंकले जनाएको छ ।
कोभिड(१९ को महामारीको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया