सावित्रा भण्डारीको उपचार कतारमा हुने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिगमा चोट बोकेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा हुने भएको छ । साम्बाको उपचार कतारमा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिए ।

राष्ट्रिय महिला लिगको समापन कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले अखिल नेपाल फुटबल संघ एन्फासँग मिलेर राष्ट्रिय टिमकी सदस्य सावित्राको उपचार कतारमा गर्ने बताएका हुन् ।

‘प्रतियोगितामा चोट बोकेकी राष्ट्रिय खेलाडी सावित्राको उपचार राखेपले एन्फासँग मिलेर कतारमा गराउने जानकारी गराउदछु’, सदस्य सचिव सिलवालले भने । सदस्य सचिवले सावित्राको उपचारमा कुनै कामी नराख्ने समेत बताए ।

एपीएफ क्लबकी स्ट्राइकर समेत रहेकी सावित्राले गत सोमबार चोट बोकेकी थिइन् । सावित्राले नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेकी थिइन् ।

सावित्राको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । अब सावित्रा करिब ९ महिना मैदान बाहिर रहने छिन् । सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।

सावित्राले लिगको १० खेलमा ४३ गोल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?