ओलीमाथि फेरि खनिए बाबुराम

लोकपथ
0
Shares

पूर्वप्रम तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहन नैतिक अधिकार नरहेको बताएका छन् । निरन्तर ओलीको कदमको आलोचना गर्दै आएका भट्टराईले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको बताएका हुन् ।

‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनिएको छ, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ?अदालतमाथिको दबाब पुष्टि भएन र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?