काठमाडौं । तपाई राशिफलमा कत्तिको विस्वास गर्नुहुन्छ ? ज्योतिषशास्त्रीहरुले भनेका छन् विभिन्न राशि अनुसार प्रेम ‘वार’ फरक फरक हुन्छ । त्यसैले राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने बताउँछन् । यहाँ विभिन्न राशिको आइतवार प्रेम प्रसंग कस्तो हुन्छ भन्ने बारे चर्चा गरिएको छ ।
मेष राशि
आइतवार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतवार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतवार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।
वृष राशि
वृष राशिका ब्यक्तिका लागि आइतवार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।
मिथुन राशि
आइतवार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतवार भन्दा अन्यबार नै गर्नुस् । आइतवारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।
कर्कट राशि
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतवार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतवारलाई मधुर बनाउन सक्छन् । सकेसम्म प्रेम ब्यक्त गर्नुस् ।
सिंह राशि
सिंह राशिलाई प्रेमको दृष्टिले आइतवार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।
कन्या राशि
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतवार राम्रो छैन । आइतवार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतवार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।
तुला राशि
आइतवार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतवारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्याएर मात्र गर्नुस् ।
वृश्चिक राशि
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।
धनु राशि
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतवार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।
मकर राशि
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतवार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।
कुम्भ राशि
आइतवार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो । बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।
मीन राशि
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतवार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया