प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट ३ सन्देश दिएका छन् । सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला नआए आफूहरु आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरु एकठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन् ।
देशव्यापी आमसभा गर्दै हिँडेको ओली समूहका अध्यक्ष समेत रहेका उनले विराटनगरको सभालाई शनिबार सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने समेत दावी गरे । नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया