ब्याजमा ५ प्रतिशत अनुदान पाइने सहुलियत कर्जामा आकर्षण बढ्दो क्रममा रहेको पाइएको छ । पछिल्लो ३ वर्षमा बैंक वित्तीय संस्थाबाट ६० हजार ८० सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको खबर नागरिक दैनिकमा छापिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा अहिलेसम्म सबैभन्दा धेरै कृषि तथा पशुपक्षी व्यवसाय कर्जा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया