काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीईओ बोधराज देवकोटाले राजिनामा दिएका छन । डेपुटी सीइओ देवकोटाले नीजि कारण देखाउँदै बैंकबाट राजीनामा दिएका हुन् ।
‘मैले नितान्त आफ्नै कारणले राजीनामा दिएको हुँ ।’डेपुटी सीइओ देवकोटाले भने । आगामी योजनाका बारेमा उनले खासै खुलाउन चाहेनन् । आफ्नो व्यक्तिगत काम परेकाले राजिनामा दिएको उनले बताएका छन् ।
देवकोटा सटिजन्स बैंक स्थापना कालदेखी नै कार्यरत थिए । उनी बैंकमा क्रेडिटको एक्पटका रुपमा मानिन्थे । उनले नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।
सिटिजन्स बैंकमा विगत ४ वर्षदेखी डेपुटी सीईओमा रुपमा उनले काम गर्दै आएका थिए । देवकोटाले नेपाल बैंकमा १० वर्ष र सिटिजन्स बैंकमा १२ वर्ष गरी कुल करिब २५ वर्षको बैंकिङ अनुभव हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया