कैलालीमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । कैलालीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-४ बस्ने ४० बर्षीय नरेश देउवालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ ।

देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?