काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ।
त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो।
आयोगले सूचना प्रकाशित गर्दै खुल्ला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सह प्राध्यापक पदमा २३ जना र उप प्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको छ । आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
कहिलेसम्म छ दरखास्त दिने मिति ?
खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिनुपर्ने छ।
वेबसाइटबाट भर्न सकिने
दरखास्त त्रिवि सेवा आयोगको वेबसाइटबाट भर्न सकिने आयोगले जनाएको छ । अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत् हेर्न सकिने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया