काठमाडौं । भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी शुरु गरेको छ ।
अभिनयको माध्यमबाट छोटो समयमा नै बलिउडमा लोकप्रिय बनेका यी अभिनेताको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो ।
अभिनेता सुशान्तको निधनको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै बलिउडमा केही पक्षले आलोचना गर्न थालिसकेका छन् । उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।
सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया