‘ल्याण्ड मार्केट’को व्यवस्था गर्दै भूमि मन्त्रालय : के हो ल्याण्ड मार्केट, कसरी गर्छ काम ?

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौँ – सरकारले जग्गाको सहज किनबेचका लागि भूमी बजार ‘ल्याण्ड मार्केट’ को शुरुवात गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटको थालनी गर्ने भएको हो । घरजग्गा कारोबारमा ठगी निकै मौलाएका कारण त्यसको न्यूनिकरण गर्न मन्त्रालयले ल्याण्ड मार्केटको थालनी गर्न लागेको हो । मन्त्रालयले अहिले त्यसका लागि गृहकार्य शुरु गरिसकेको छ । मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता औँल्याउँदै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको हो । यसका लागि एक समिति गठन गरेको छ भने सो समितिले प्रारम्भीक प्रतिवेदन समेत तयार गरिसकेको छ । मन्त्रालयका अनुसार ल्यान्ड मार्केटको प्रतिवेदनको पूर्णपाठ आगामी दुई साताभित्र पेश गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । तर यसको सुरुवात गर्न भने केही समय लाग्ने उनको भनाई थियो ।

‘ल्यान्ड मार्केटका बारेमा हामी प्रारम्भिक चरणमै छौँ ।’ प्रवक्ता जोशीले भने । भूमिसँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यता प्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेकाले ल्याण्ड मार्केटको सुरुवात गर्न लागिएको उनले बताए । यो संचालनका लागि ऐन,कानून,कार्यविधी लगायतका विषयमा छलफल गर्न बाँकी नै भएको मन्त्रालयले जनाएको छ ।

के हो ल्याण्ड मार्केट ? 
कसैलाई कुनै जग्गा किन्नु प-यो अर्थात् बेच्नुप-यो भने औपचारिक रुपमा खडा गर्न लागिएको संस्था हो, ल्याण्ड मार्केट। ‘जग्गा कारोबारका लागि फर्मल खालको संस्थाको स्थापना गर्न खोजिएको हो ।’ प्रवक्ता जोशीले भने । यसले औपचारिक रुपमा जग्गा किन्ने र बेच्नेबिच समन्वय गर्नेछ । त्यसैले आधिकारी रुपमा जग्गाका किनबेच गर्ने एउटा प्लेटफर्म नै ल्याण्ड मार्केट हो ।

केका लागि ‘ल्यान्ड मार्केट’
मन्त्रालयले सहज र सुलभ तरिकाबाट जग्गाको कारोबार गर्न ल्याण्ड मार्केटको अवधारणा अघि बढाएको हो । विषेशतःजग्गा व्यवसायमा हुने ठगी रोक्न मन्त्रायले ल्याण्ड मार्केटको अवधारणा ल्याएको प्रवक्ता जोशीले बताए । व्यतिmगत रुपमा जग्गा किनबेच गर्दा दलाल (ब्रोकर) को माध्यमबाट गर्दा ठगी हुने ,राजश्व छली लगायतका समस्या आएपछि त्यसलाई रोक्न मन्त्रालयले यस्तो अवधारणा ल्याएको हो । साथै, सरकारी मान्यता प्राप्त संस्थामार्फत् कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पूर्जा दिने जस्ता प्रवृतिलाई रोक्न पनि यसले सहयोग गर्ने प्रवक्ता जोशीको दाबी छ । जग्गाको किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल भएका बेला ल्याण्ड मार्केटको सुरुवातले कोही पनि अलमलमा नपर्ने र सहजै रुपमा किनबेच गर्न सक्ने मन्त्रालयको दाबी छ।

यस्तो हुनेछ किनबेचको प्रक्रिया ?
अनलाईन मार्फत् जग्गा किनबेच गर्न चाहने जो कोहीले पनि अनलाइन मार्फत् किनबेच गर्न पाउने गरी मन्त्रालयले व्यवस्था मिलाउनेछ । अनलाइनमार्फत् जग्गाको किनबेच गर्दा किन्ने वा बेच्ने जग्गाको विस्तृत जानकारी वेबसाइटमा राखिनेछ । र सोही वेबसाइटमार्फत किनबेच गर्न सकिनेछ ।

जग्गा बिक्री गर्नुपर्ने अवस्थामा विस्तृत रुपमा उक्त जग्गाको विवरण राख्नेछ । साथै, सोही वेबसाइटमार्फत् नै खरिद गर्ने व्यवस्था मिलाउनेछ । बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुनुका साथै र जग्गा किन्न इच्छुक व्यक्तिले सोही मार्केटबाट अनलाइनका माध्यमबाट किन्न सक्नेछन् । ल्यान्ड मार्केट कार्यान्वयनमा आएपछि घरजग्गा कारोबारमा सहजीकरण हुनुका साथै ठगी,कर छली जस्ता क्रियाकलाप रोकिने मन्त्रालयको विश्वास छ ।

कसरी गराईदैछ देशब्यापी ? 
पछिल्लो समय मुलुकका अधिकारी स्थानहरुमा इन्टरनेट पुगिसकेको छ । आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पनि घरजग्गाको काम गरिरहेका छन् । अहिले लगभग अधिकांश स्थानीय तहमा इन्टरनेट पुगिसकेको छ । इन्टरनेटको पहुँच बढी भएका स्थानहरुबाट सरकारले यो कामको सुरुवात गर्नेछ । त्यसपछि विस्तारै अन्य स्थानमा लैजाने प्रवक्ता जोशीको भनाई छ । हरेक स्थानीय तहमा यसको एजेन्ट बस्न सक्ने र त्यसले काम गर्न सक्ने उनले बताए । तर अहिले यी सबै कुराको निक्र्यौल भइसकेको छैन ।

‘कसरी संचालन गर्ने भन्ने मोडालिटी अब तयार होला ।’जोशीले भने । यसले समन्वय गर्ने भएकाले सबै जग्गाको कारोबार गर्न इन्टरनेट नै चाहिन्छ भन्ने छैन । र अर्कोतर्फ इन्टरनेटको पहुँच अधिकांश स्थानमा पुगेकाले पनिे अनलाईन मार्फत् कारोबार गर्न समस्या नहुने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?