काठमाडौं । लुम्बिनी विकास बैंक लि. र इजीलिंक रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स प्रा. लि. को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्स मार्फंत पठाएको पैसा ग्राहकहरुले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र इजीलिंक रेमिट्यान्स प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरे ।
यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा ए. टि. एम का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया