काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनसँग भिड्दै छ । युभेन्टसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
क्रोटोनविरुद्ध मैदान उत्रदा युभेन्टस सहज जितको खोजीमा हुनेछ । घरेलु मैदानमा युभेन्टसलाई जित निकाल्न सहज हुने अनुमान समेत गरिएको छ ।
किनकि यस सिजन क्रोटोनले निकै खराब प्रदर्शन गरिरहेको छ । क्रोटोन लिगको पुछारमा रहेको छ । युभेन्टस क्रोटोनलाई हराएर उपाधि होडलाई कायम राख्न चाहन्छ ।
घरेलु मैदानमा जित निकालेमा युभेन्टस लिगको तेस्रो स्थानमा समेत उक्लने छ । युभेन्टस ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
युभेन्टस शीर्ष स्थानको इन्टर मिलान भन्दा ११ अंकले पछि रहेको छ । युभेन्टसले २ खेल कम खेलेको छ ।
क्रोटोन भने १२ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया