काठमाडौं । तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरिङ गाउँपालिका-१ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरैलाई प्रहरीले आइतवार राति पक्राउ गरेको छ ।
दरैले ती बालिकालाई घर नजिकैको ट्वाइलेटमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलचौतारा र प्रहरी चौकी पुट्टारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया