काठमाडौं । भोजपुरमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-६ भङ्गेरी बस्ने ४७ बर्षीय धन बहादुर विकलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई भङ्गेरीस्थित बुरेणीथान जङ्गलमा शनिवार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया