देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो । सरकारले चालू आर्थिक वर्षमा छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तीमध्ये सङ्घीय सरकारले ९०, प्रदेश सरकारले १६ र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । तीनवटै तहले निर्माण गर्नुपर्ने झोलुङ्गे पुलमध्ये गएको माघसम्म २२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३७९ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । यस वर्ष निर्माण गर्नुपर्ने छ सय झोलुङ्गे पुलमध्ये स्थानीय तहले १९० र सङ्घीय सरकारले ३० वटा झोलुङ्गे पुल निर्माण गरिसकेका छन् । प्रदेश सरकारले निर्माण गर्नुपर्ने सबै पुल निर्माणाधीन अवस्थामा रहेको विभागका प्रवक्ता अशोककुमार साहले जानकारी दिए । गोरखापत्रमा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया