काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।
आज बिहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया