सर्वोच्च अदालतलाई सलाम छ, अहंकार बोकेका शासकले पाठ सिके होलान् : प्रदीप पौडेल

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएसँगै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि नेपालमा अदालतमाथिको विश्वास थप बढेको बताएका छन् ।  नेता पौडेलले यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताएका हुन् ।

‘देशको संविधान थप समृद्ध भएको छ,’ लोकपथको प्रतिक्रियामा उनले भने, ‘यसले अहंकार बोकेको शासकलाई संविधानको पाठ पढाएको छ ।’

यो फैसला आएसँगै पौडेलले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताएका छन् ।

‘अब भविष्यमा पनि शासकहरु निरंकुश बन्नेतिर जाने आँट गर्ने छैनन्,’ पौडेलले भने, ‘सर्वोच्च अदालत र न्यायमूर्तिलाई सलाम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?