ओली समूहले भन्यो–अदालतको फैसला मान्छौं

लोकपथ
0
Shares

नेकपा ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार्ने बताएको छ । सो समूहले अदालतको फैसलापछि के गर्ला भन्ने चासो हुँदै गर्दा महासचिव तथा अर्थमन्त्री विष्णु् पौडेलले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको सम्मान बताएका हुन् ।

नेपालको संविधानले नै सर्वोच्च अदालतलाई संविधानको अन्तिम ब्याख्याता भनेको भन्दै उनले अदालतको फैसलालाई पालना गर्नु सबैको कर्तव्य हुन आउने बताए ।
उनले आफूहरुबीच छलफल छलफल गरेर अबको बाटो तय गरिने पनि बताए ।
सर्वोच्चले मंगलबार प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?