काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले आजका लागि कालो अंगुरको प्रतिकेजी मूल्य २१० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी ११० रुपैयाँ, अदुवा प्रतिकेजी मूल्य ६५ रुपैयाँ तोकेको छ ।
यसैगरी रातो आलु केजीको २७ रुपैयाँ, भारतीय रातो आलु २५ रुपैयाँ, तराई काउली २२.५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, कागती प्रतिकेजी १४५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।
समितिले सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, हरियो खुर्सानी ८५ रुपैयाँ, गोलभेँडा ठूलो ४५ रुपैयाँ, गोलभेँडा सानो १७.५० रुपैयाँ, गोलभेँडा सानो ९तराई० २२.५० रुपैयाँ तोकेको छ । तरकारी तथा फलफुलको मूल्य सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया