च्याम्पियन्स लिग फुटबल : चेल्सीसँग एट्लेटिको मड्रिड पराजित

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ । मंगलवार राति भएको पहिलो लेगमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

Image

रोमानियाको नेसनल एरिनामा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले निर्णायक गोल गरे । खेलको ६८ औं मिनेटमा फ्रान्सेली स्ट्राइकर जिरुडले गोल गरेका थिए ।

एट्लेटिकोलाई भने दोस्रो लेगमा पुनरागमन जित निकाल्नु पर्ने भएको छ । चेल्सी र एट्लेटिकोबीचको दोस्रो लेग मार्च १७ मा चेल्सीको मैदानमा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?