काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १२७ औँ शाखा महोत्तरीको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको छ ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतकावित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्तपार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया