काठमाण्डौ – इक्वेडरमा तीन वटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
इक्वेडरको कुएङ्का, लाटाकुङ्गा र ग्वेकिल शहरका कारागारमा भएको झडपमा ठूलो हताहती भएको समाचार संस्था अलजजिराले जनाएको छ । एउटा कारागारमा सुरक्षाकर्मीलाई कैदीहरुले बन्धक बनाएपछि झडप शुरु भएको थियो । झडपका क्रममा चक्कु र गोली प्रहार गरिँदा ठूलो मानविय क्षति भएको हो ।
झडपपछि ८ सय प्रहरीको मदतमा प्रशासनले कारागारलाई नियन्त्रणमा लिन सकेको हो ।
कारागारका निर्देशक एडमन्डो मोन्कायोले मंगलबार एक पत्रकार सम्मेलनमा ठूलो हताहति भएको र सुरक्षाकर्मी बाक्लो संख्यामा तैनाथ भएको बताए ।
उनले हिरासत केन्द्रहरू भित्र आपराधिक नेतृत्व प्राप्त गर्न कोशिस गरिरहेका समूहबीच झडप भएको थियो । यसैबीच राष्ट्रपति लेनिन मोरेनोले आपतकालको अवस्थामा राष्ट्रिय कारागार प्रणालीको घोषणा गरेर थप सुरक्षा व्यवस्थाको आदेश दिएका छन् ।
कैदीबन्दीका परिवार आफ्ना परिवारका सदस्य खोज्न जेल बाहिर कुरेर हृदयविदारक तस्वीर पत्रकारले कैद गरेका छन् ।
ईन्टरनेटमा भेटिएका केहि तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया