कास्की । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका ३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।
आइतवार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले ढोका लगाउन प्रयोग हुने चारपाटे काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ ।
घरको भर्यााङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया