अफिसमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ईलाम नगरपालिका-४ बरबोटे बस्ने २० वर्षीय पुजन सोमि लिम्बुको करेन्ट लागेर मंगलवार दिउँसो मृत्यु भएको हो ।

सोही नगरपालिका-९ स्थित टेक माईन अफिसमा फाईबरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?