काठमाडौं । नवलपरासीमा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनारलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निरजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया