कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न सुहाउँदैन : शेखर कोइराला

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउँने बताएका छन ।

‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन ।’ उनले भने ‘सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको बिकल्प छैन।’

डा कोइरालाले नेकपा अझै बिभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए । ‘अहिले नै नेकपाको एउटा समुहलाई बोकेर हिड्न सकिन्न।’ उनले भने।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले बिराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले बिचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दुस्ख नदिन सरकारलाई चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?