कांग्रेसका लागि प्रधानमन्त्री पद महत्वपूर्ण होइन : एनपी साउद

लोकपथ
0
Shares

टेकसिँह धामी/ धनगढी- नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेर मात्रै पार्टी संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज (आइतवार) दिउसो धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेरमौ पार्टी संसदीय प्रक्रियामा सहभागिताका बारेमा निर्णय गर्ने बताएका हुन् ।

नेता साउदले भने, “व्यक्तिगत रुपमा हामी ओली प्रचण्ड कसैसँग सहकार्य गर्दैनौं । उहाँहरुको पार्टी विभाजन हुने हो भने नीति, कार्यक्रम र योजना भएको पार्टीसँग हाम्रो सहमति हुन्छ । कांग्रेसले मुलुकको संविधान, प्रजातन्त्र सर्वोपरी राखेरमात्रै निर्णय गर्छ ।

उनले अहिले कांग्रेस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिहरु नियालिरहेको पनि बताए । नेकपाका दुबै पक्षबाट पटक–पटक सत्ता साझेदारीको प्रस्ताव आए पनि कांग्रेसका लागि प्रधानमन्त्री पद महत्वपूर्ण नभएको नेता साउदको भनाइ थियो ।

उनले नेकपाको विवाद टुंगो नलाग्दासम्म कांग्रेस सरकारमा जाने र एक समूहसँग नजिक तथा अर्को समूहसँग टाढा नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?