काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज (सोमवार) कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएका हुन् ।
सरकारले भारतसँग किनेको २० लाख डोज खोपमध्ये १० लाख डोज खोप फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण जनाएको छ ।
यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया