गुल्मीको वडा कार्यालयमै चोरी !

लोकपथ
0
Shares

काठमाडौं । गुल्मीमा वडा कार्यालयबाट नगद चोरी भएको छ ।

रुरुक्षेत्र गाउँपालिका-६ रिमुवास्थित रहेको वडा कार्यालयमा रहेको नगद ६५ हजार रुपैयाँ र सोही ठाउँ बस्ने बिष्णु पौडेल समेत ७ जनाको घर तथा होटलबाट नगद १ लाख १६ हजार ८ सय रुपैयाँ तथा करिब ५ तोला बराबरको बिभिन्न सुनका गरगहना गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?