काठमाडौं । शारजाहबाट भारतको लखनाउको लागि उडेको विमान पाकिस्तानमा अवतरण गरेको छ । मेडिकल इमरजेन्सीका कारण पाकिस्तानको कराची एयरपोर्टमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विमानमा सवार एक यात्रुको स्वास्थ्यमा अचानक समस्या आएपछि विमान पाकिस्तानमा आकस्मिक अवतरण गर्नु परेको हो । तर आकस्मिक अवतरणको बाबजुत पनि यात्रुको ज्यान भने बच्न सकेन् ।
एयरपोर्ट मेडिकल टिमले उनलाई मृत घोषणा गर्यो । उनको हृदयघातका कारण मृत्यु भएको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया