त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित स्याङजा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातुसहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको हो ।

रानालाई बारमद धातुसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?