कामठाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (बुधवार) बस्दैछ । १७ गते सोमवार बसेको प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले पार्टीको केन्द्रीय र सचिवालय बैठक बोलाउन गरेको निर्णयबमोजिम नै आज (बुधवार) दिउँसो १ बजे पेरिसडाँडा, कोटेश्वरमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
आजको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने स्रोतले बतायो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आउँदो २३ गते संसद बैठक आह्वान भईसकेकोले अब कसरी प्रस्तुत हुने लगायतका विषय पनि छलफलमा राखिएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको निर्णय सुनाएसँगै आगामी सरकार गठनका लागि चितवनबाट फर्केलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाका नेताहरुलाई समेत भेटेर छलफल गरेको प्रचण्ड – नेपाल पक्ष अहिले तिव्र दौडधूपमा छ ।
बैठकमा केन्द्रीय सदस्यहरुलाई आ – आफ्ना सक्कल नागरिकता र पार्टीको परिचय पत्र सहित उपस्थित हुन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया