काठमाडौं । मोरङमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
सुनवर्सी नगरपालिका-१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही नगरपालिका-४ गान्धी आश्रम मामाको घरमा बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको मंगलवार दिउँसो घटनास्तलमै मृत्यु भएको हो ।
साथै माटोको ढिस्कोले पुरिएर घाइते भएका सोही ठाउँ बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलीया यादवलाई ईलाका प्रहरी कार्यालय दोहमना र ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि रंगेली अस्पताल पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया