काठमाडौं । कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया