काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड – नेपाल पक्षले संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको जानकारीसहितको पत्र संसद सचिवालयल दर्ता गर्न लगेकोमा अस्वीकार भएको छ।
प्रचण्ड – नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय संसदका महासचिवले दर्ता गर्न आनाकानी गरेका कारण संसद सचिवालय पुगेका नेताहरुले महासचिव भरतराज गौतमलाई भेटेर जानकारी लिएका छन् । महासचिवले गौतमले नेकपा औपचारिक रुपमा एक रहेको र दलको नेता केपी शर्मा ओली नै रहेकाले कानून अनुसार पत्र स्वीकार गर्न नमिल्ने जवाफ दिएका छन् । नेताहरुले महासचिव गौतमले निर्णय दर्ता गर्न नमानेको र कानूनी प्रक्रिया बुझेर मात्र गर्ने बताएको थिए ।
यो पक्ष (प्रचण्ड – नेपाल) ले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो । सो कुराको जानकारी संसद सचिवालयमा दर्ता गर्नुपर्ने हुन्छ । नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।
प्रचण्ड नेपाल यतिबेला संसद सचिवालयमै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया