काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताका बारेमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको छ ।
नेकपाको आधिकारिकताका विषयमा सर्वोच्चमा परेको मुद्धाबारे आइतवार फैसला गर्दै नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
‘माथि उल्लेख भइ विवेचना भएको कानूनी आधार काराण समेतबाट नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भैसकेको आवस्थामा सोही दर्ता भैसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५–०२–२३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५–०७–०९ को निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६९१० (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।’ सर्वोच्चको फैसलामा भनिएको छ ।
पूर्णपाठ पढ्नुहोस्
nepal communist party_rishi ram kattel
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया