काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
मिक्वाखोला गाउँपालिका-२ स्थित मिडिल तमोर सानिमा हाङड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटो सहितको पहिरोमा परेर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामीको घटनास्थलमै शनिवार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया