वैदेशिक रोजगारीमा महिलाको हिस्सा घट्दै

लोकपथ
0
Shares

संविधानले महिला र पुरुषलाई रोजगारीका लागि समान अधिकार दिएको भए पनि वैदेशिक रोजगारीको क्षेत्रमा महिलाको हिस्सा ६ प्रतिशतमात्र रहेको पाइएको छ ।

स्वदेशमा रोजगाररत हिलाको हिस्सा बढी भए पनि वैधानिक रुपमा अर्थात् श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने महिलाको संख्या भने निकै कम छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्ला ५ वर्षमा वैदेशिक रोजगारीका लागि जाने कुल श्रमिकको संख्या अनुपातमा महिला कामदार ६ प्रतिशत अर्थात् १ लाख ५८ हजारमात्र छन् । यसमा पुरुषको संख्या २६ लाख १४ हजार भन्दा बढी छ । ठूलो संख्यामा महिला कामदार अवैध बाटोबाट जाने गरेको हुँदा यो संख्या १० देखि ११ प्रतिशतसम्म हुन सक्ने आप्रवासनमा संलग्न संस्था तथा विज्ञहरुको अनुमान छ । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?