चट्याङसहित क्षणिक वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुको एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरीरी आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?