काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर झूटो हल्ला फिँजाएको बताएका छन् ।
आज (मंगलवार) सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता थापाले ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खेजे भनेर डंका पिट्ने ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
नेता थापाले एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश अझ सुधार गरेर कानून बनाउन सदनमा प्रतीक्षारत भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झुट @PM_Nepal ज्यू ! एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ ।’
हिजो (सोमवार) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका थिए । त्यसैको प्रतिक्रिया स्वरुप नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने,त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने?झुट @PM_Nepal ज्यू!
एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।— Gagan Thapa (@thapagk) March 9, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया