एमाले र माओवादीलाई एकताका लागि पत्र पठाउँदै निर्वाचन आयोग

लोकपथ
0
Shares

काठमाडौं – साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई एकताका लागि निर्वाचन आयोगले पत्र पठाउँदै छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा खारेज भएको जानकारी राजनीतिक दललाई दिने सम्बन्धमा छलफलका लागि आज बोलाइएको बैठकले नेकपा एमाले र माओवादी केन्द्रलाई जानकारी सहित एकताका लागि पत्र पठाउन लागेको स्रोतले बतायो ।

निश्चित समय दिएर एकताका लागि आह्वान गर्दा एकतामा नगए उनीहरु साविककै एमाले र माओवादी नै हुनेछन् ।

यसैबीच पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भएर नेपाल कमयुनिष्ट पार्टी नेकपा दर्ता भएसँगै सन्ध्या तिवारीको नेतृत्वमा एमाले र गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र आयोगमा दर्ता भइसकेको छ ।

ती दललाई खारेज गर्न नमिल्ने भएकाले अर्को नाम र चिह्न लिनका लागि आग्रहसहितको पत्र पठाउने आयोगको तयारी रहेको स्रोतले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?