काठमाडौं । दक्षिणकालीमा सहकारी संस्थाबाट नगद चोरी भएको छ ।
दक्षिणकाली नगरपालिका-१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ लाख रुपैयाँ सोमवार साँझ चोरी भएको हो ।
उक्त संस्थाको कार्यालय गेटको ताल्चा फुटाई दराजमा राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया