काठमाडौं । मोरङमा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ठगी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ बस्ने २५ वर्षीय विशाल कुमार रायलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७५ असार १० गतेको फैसलाले ठगी मुद्दामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएकोमा फरार रहेका विशाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१५ स्थित ढाटबाट पक्राउ गरेको हो ।
विशालले २०७४ असोज ४ गते पीडितलाई चिठ्ठामा ५० लाख रुपैयाँ र बिएमडिडब्लू कार समेत पुरस्कार परेको भनि पटक पटक गरी ४ लाख ८ हजार रुपैयाँ पठाउनु भनी भाईबर मार्फत ठगी गरी फरार रहेका थिए । विशाललाई जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया