मेयर शाक्यको आग्रह : ‘धरहरा बनाउन अवरोध नगरिदिनुहोस्’

लोकपथ
0
Shares

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्माणाधिन धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको सातौँ महाधिवेशन तथा तेह्रौँ साधारणसभामा सम्बोधन गर्दै मेयर शाक्यले निहित स्वार्थमा रहेका केही तत्त्वले विभिन्न बहानामा धरहरा निर्माण काममा अवरोध पुर्‍याउने गरेको र सोका कारण अन्तिम चरणमा रहेको धरहरा निर्माणको काममा ढिलाई भइरहेको गुनासो गर्दै यस्तो अनुरोध गरेका हुन् ।

उनले भने, ‘म अनुरोध गर्छु धरहरा बनाउन दिनुहोस् । विभिन्न बहानामा, कहिले सम्पदाको नाममा, कहिले अभियन्ताको नाममा यहाँका बासिन्दाहरू होइनन्, कहाँ- कहाँबाट आउँछन् । अवरोध गर्छन् । चार–पाँच जना आउँछन्, ब्यानर राख्छन्, जुलुस गर्छन् । जिन्दावाद, मुर्दावाद भनेर जान्छन् । जसका कारण ढिलाई भइरहेको छ ।’

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायी दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एक अर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्छ । धरहरा बनाउने क्रममा सबैभन्दा बढी गाली आफूले खाएको भन्दै उनले गुनासो पनि गरे ।

मेयर शाक्यले एकले अर्कोलाई दोषारोपण गरेर नभइ सबैले आ–आफ्नै स्थानबाट जिम्मेवार रहेर दायित्वबोध गर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?